६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

शासक दलका कार्यकर्ता भर्तिका कारण न्यायालय निष्पक्ष हुन सकेन्ः सांसद सुवाल

६ असार, काठमाडौं । नेपालमजदुर किसान पार्टीका सांसद प्रेम सुवालले शासक दलका कार्यकर्ताको भर्तिका कारण न्यायालय निष्पक्ष हुन नसकेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमाथिको बजेट छलफलमा सांसद सुवालले राष्ट्रिय मान्यता प्राप्त दलका बारेमा गरिएको व्यवस्थामा सरकारमा जाने दलहरुले मित्र घात गरेको बताए ।

उनले भने ‘ प्रधानन्यायाधीश र न्यायाधीश पदमा शासक दलका कार्यकर्तालाई नियुक्त नगर्ने र सम्बन्धित क्षेत्रबाट निर्वाचन गराई नियुक्त गर्ने प्रतिबद्धता बजेटमा आएन् । सर्वोच्च अदालतमाभएका ३० हजार ६ सय ८१ मुद्धा पाँचवर्ष भित्र फैसला गर्ने नगर्ने न्यायाधीशलाई तत्काल हटाउने भनेर कानुनमन्त्रालयले प्रतिवद्धता ल्याउनु पर्ने हो त्यो आएन् । पुरानै निरन्तरतानयाँ बजेटमा ल्याउनजरुरी छैन । कानूनमन्त्रीज्युले नयाँ कुरा गर्नुपर्छ ।’

सांसद सुवालले राष्ट्रिय मान्यताप्राप्तदलको मापदण्ड निर्धारण गर्दा सत्तामा रहेका दलहरुले मित्रघात गरेको बताए । उनले भने ‘ प्रतिनिधिसभामा समानुपातिक निर्वाचनमा ३ प्रतिशत र प्रदेशसभामा १.५ प्रतिशत मत प्राप्त नभए राष्ट्रिय मान्यता नहने, प्रदेश मान्यता नहुने रे । प्रजातन्त्रको लागि लड्दा चाहीँ ७दलमा ४ दलमा आउनु पर्यो सडकमा यहाँ मान्छे निस्केन भनेर फोन गर्ने अनि सिंहदरवार कब्जा गर्ने वेलामा तपाईहरुको ३ प्रतिशत नै मत छैन ? के काम भन्ने । यो हो मित्रलाई घात गर्ने र भारतले पनि नेपाललाई त्यही गरेको हो । पछाडिबाट छुरा हान्ने । सरकारमा जाने पार्टीहरुले मित्र घात कहिले नगर्नु । मित्रघात गर्नेहरु राम्रोसंग मर्न पनि सक्दैनन् विचार गर्नुहोला । ’

प्रकाशित मिति : ६ असार २०८०, बुधबार १४:३०