६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

अमरेशकुमारको प्रश्नः रवि लामिछानेको मुद्दा एकै दिनमा फैसला हुने अरूको वर्षौ लाग्ने ?

६ असार, काठमाडौं । सांसद अमरेशकुमार सिंहले नागरिकताको विषयमा आफ्नै नागरिकसँग भेदभाव नगर्न सरकारसँग आग्रह गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद सिंहले रवि लामिछानेको मुद्दा एकै दिनमा फैसला हुने र अन्यको मुद्दा भने बर्षौ लाग्ने भन्दै प्रश्न गरेकाे छन् । उनले राजनीतिक प्रभाव अदालतमा पनि देखिएको बताए ।

उनले भने ‘ नागरिकता नपाएकाहरु केही दिनदेखि धर्नामा बसिरहेका छन्। साथ साथै संविधान सभाका सदस्य रामकुमार शर्मा पनि आमरण अनसन बसेका छन् । उहाँ बीर हस्पिटलमा हुनुहुन्छ । एकातिर २०७२ मा कानून जारी भयो नागरिकता कानून तुरुन्तै बनाउनुपर्छ भनेर तर कार्यन्वयन भएन । हाम्रो राजनीतिक दल र तत्कालीन सरकार त्यसमा चुकेको छ । नागरिक प्रति न्यायोचित व्यवहार हुनुपर्ने त्यो पनि सरकारले गर्न सकेको छैन् । कुनै पनि नागरिकमाथि प्रहरी दमन नहोस। रवि लामिछानेको मुद्धा एकै दिन फैसला हुने अरु मुद्धामा चाहीँ वर्षौ लाग्ने अदालतले पनि राजनीतिक प्रभावमा परेको देखिन्छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार १३:३२