५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

सुनकाे मूल्यमा भारी गिरावट, कति पुग्याे ताेलाकाे ?

६ असार, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार पनि  नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन मंगलबार पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ४३० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार १०:५७