५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

मंगलबार घट्यो सुनकाे मूल्य, कतिमा हुँदैछ कारोबार ?

५ असार, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन सोमबार सुनको मूल्य स्थिर रहदै छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ४३० रुपैयाँ कायम भएको छ। साेमबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ४४० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : ५ असार २०८०, मंगलवार १०:५५