८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

आज नेपालले अमेरिकासँग खेल्दै

५ असार , काठमाडौं । एकदिवसीय विश्वकप छनोट क्रिकेट खेलिरहेको नेपाललाई सुपर सिक्समा पुग्न आज अमेरीकालाई जित्नै पर्ने दबाव छ । नेपालले दोस्रो खेल अमेरीकासँग खेल्दै छ ।

आइसिसीको आयोजनामा जिम्वाबेमा भइरहेको आइसिसी विश्वकप क्रिकेटको छनोट चरणका खेल अन्तरगतनेपालले आफ्नै समूहमा रहेको अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

पहिलो खेलमा घरेलु टोली जिम्वाबेसँग ८ विकेटले पराजित भएको नेपालका लगि अब हुने खेलहरु निकै महत्वपूर्ण छन् ।वेस्ट इन्डिजसँग पराजित भएको अमेरिकालाई पनि बाँकी खेल जित्नै पर्ने दवाव छ ।

आजको खेल नेपाली समय अनुसार अपरान्ह पौने १ बजे जिम्वाबेको राजधानी हरारेमा हुने छ । सहभागी १० टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा समूह ए मा नेपाल सहित आयोजक जिम्बावे नेदरल्यान्ड्स, अमेरिका, र वेस्टइन्डिज छन् ।

समूह बी मा श्रीलंका, आयरल्यान्ड, ओमान, युएई र स्कटल्यान्ड छन् । हरेक समूहबाट शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन् । जसबाट सुपर सिक्समा अर्को समूहबाट आउने तीन टोलीसँग खेल्नुपर्ने हुन्छ । विश्वकप क्रिकेट यसै वर्षको अक्टोबर नोभेम्बरमा भारतमा आयोजना हुदैछ ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलवार १०:१९