चार नेताहरुले महाभारतमा अभिमन्यूलाई चक्रव्यूहमा फसाए जस्तै फसाएः सांसद खान
४ असार, काठमाडौं । जनमत पार्टीका सांसद अब्दुलखानले चार नेताहरुले महाभारतमा अभिमन्यूलाई चक्रव्यूहमा फसाएको जस्तो आफुहरुलाई फसाएको गुनासो गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा सांसद खानले विकासको बजेट आफ्नो क्षेत्रमा थुपारेर अन्य क्षेत्रको जनताप्रतिको दायित्व भुलेको बताए । उनले भने ‘ ५१ प्रतिशतको विकास बजेट ४ जनाको क्षेत्रमा जान्छ भने ४९ प्रतिशत बजेट चाहीँ हामीलाई जान्छ । यो न त नीति र कार्यक्रम हो न सिद्धान्त र प्राथमिकता नै हो । जसरि महाभारतमा अभिमन्यूलाई चक्रव्यूहमा फसाएको थियो त्यसैगरि हामी सबैलाई यी चार जनाले फसाएका छन् । यो लुकेको छुपेको कुरा हैन । हिन्दीका एउटा गजल छ
मे कैसे हो जाउ तेरी अदाओमे फना
मैनेमागीथी नोकरी तुने दियानमक, तेल और चना
सांसद खानले यो बजेट यस्तै गजल जस्तो भएको बताए ।
प्रकाशित मिति : ४ असार २०८०, सोमबार १६:५१