नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचिकृत, हेर्नुहोस् कुनको कति ?
३ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार तीन कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।नेप्सेमा आज नयाँ सारथी लघुवित्त वित्तीय संस्था, साना किसान लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।
१) नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड
नेप्सेमा नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस बापतको ५ लाख ७६ हजार ४ सय ५० दशमलव ९९ कित्ता बाेनस सेयर सूचिकृत भएको हो ।
२) उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड
नेप्सेमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको ६१.७५ प्रतिशत बोनस बापतको ४ लाख ५ हजार २ सय ३२ कित्ता बाेनस सेयर सूचिकृत भएको हो ।
३) साना किसान लघुवित्त वित्तीय संस्थ लिमिटेड
नेप्सेमा साना किसान लघुवित्त वित्तीय संस्थ लिमिटेडको २६ प्रतिशत बोनस बापतको ४० लाख ६७ हजार ४ सय ७५ दशमलव ६९१८ कित्ता सेयर सूचिकृत भएको हो ।
प्रकाशित मिति : ३ असार २०८०, आईतवार १६:०४












