६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

बर्षाका कारण पूर्वी पहाडमा भएको क्षतिप्रति सरकारको तत्काल ध्यान जाओसः सांसद खड्का

३ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक खड्काले संखुवासभा, तेह्रथुम, ताप्लेजुङ्, पाँचथर लगायत पूर्वी पहाडमा वर्षाका कारण भएको धनजनको क्षतिप्रति नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।

आईतवार प्रतिनिधि सभा बैठकमा सरकारको ध्यानाकर्षण गराउँदै सांसद खड्काले सुपर हेवामा काम गर्ने मजदुरहरु १६ जना वेपत्ता भएको ३ जना घाईते, १ जना मृत फेला परेको बताए । उनले बाढीका कारण खर्बौको क्षति भएको र ११ वटा घरहरु विस्थापित भएको जानकारी गराउँदै यसप्रति नेपाल सरकारले छिटोभन्दा छिटो उद्दारका लागि काम गर्नु पर्ने बताए ।

उनले भने,संखुवासभा, तेह्रथुम, ताप्लेजुङ्, पाँचथर लगायत पूर्वी पहाडमा गएराति वर्षाका कारण धनजनको ठूलो क्षति भएको छ । खास गरेर संखुवासभामा सुपर हेवामा काम गर्ने मजदुरहरु १६ जना वेपत्ता भएको ३ जना घाईते फेला परेको र १ जना मृत फेला परेको अवस्था छ र थुप्रै हाईड्रोपावरहरु पूर्ण रुपले क्षति हुँदादुई वटा पक्की पुल र एउटा झोलुङ्गे पुल बगाएको छ । खर्बौको क्षति भएको छ, ११ वटा घरहरु विस्थापित भएको छ । यस्तो क्षेत्रमा नेपाल सरकारले तत्काल उद्धार, राहात र सहयोग पुर्याउन निवेदन गरेका छौ । छिटोभन्दा छिटो राहत र उद्धार पुराउन आग्रह गर्न चाहन्छु । यसप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।

प्रकाशित मिति : ३ असार २०८०, आईतवार १३:०५