५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

आइतबार पनि बढ्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?

३ असार, काठमाडाैं । साताको पहिलो काराेबारकाे दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १ हजार ४४५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार पनि चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १ हजार ४२५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : ३ असार २०८०, आईतवार ११:०८