५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

आज पनि घट्यो सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

३२ जेठ, काठमाडाैं । साताकाे पाँचाैं काराेबारकाे दिन बिहीबार पनि नेपाली बजारमा  सुनकाे मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन बुधबार पनि सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार २५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ४०५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर १ हजार ४२५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहीबार ११:००