९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

राजश्व वृद्धि गर्ने भनेको कागती निचोरेको जस्तो होइनः अर्थमन्त्री महत

२९ जेठ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले राजश्व वृद्धि गर्ने भनेको कागती निचोरेको जस्तो नभएको बताएका छन् । सोमबार बजेटमाथि उठेका प्रश्नको संसदमा जवाफ दिँदै डा. महतले बजेटको उद्देश्य मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनु भएको पनि दोहोर्याए ।

उनले भने ‘ पुँजीगत खर्च १७ प्रतिशत मात्रै भयो र थोरै भयो भनेर प्रश्न आयो तर रियलमा २७ प्रतिशत हो । जुन चालु तथा साधारण खर्च भन्छौंं त्यहाँ कतिपय पुँजीगत खर्च छ । त्यो भनेको ४ खर्व ७१ अर्व बराबर हुन्छ । तथापि हामी त्यहाँ पनि छ पुँजीगत खर्च भनेर त्यसैलाईआधारित भएर धेरै खर्च गरेका छौं भनेर दावी गर्ने पक्षमा छैनौं । हामी चाहन्छौं पुँजीगत खर्च बढाउनु पर्छ । राजस्व वृद्धि गर्ने भनेको कागती निचोरेको जस्तो बढाउने हैन । हामीले अर्थतन्त्र नै चलायमान गराउनु पर्छ । ’

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार १४:२३