२४ पुष २०८१, बुधबार | Wed Jan 8 2025

सरकारले कृषिजन्य उत्पादनमा कर लगाएर गरीबमाथि खेलवाड गर्योः सांसद बिष्ट

२६ जेठ, काठमाडौं । नेकपा एमालेका सांसद सांसद गोकर्ण बिष्टले सरकारले गरीबको भोको पेटमाथि खेलवाड गरिरहेको आरोप लगाएका छन् ।

शुक्रवार प्रतिनिधि सभाको बैठकमा उनले सरकाले आलु प्याज लगायतको कृषिजन्य उत्पादनमा १३ प्रतिशत कर लगाएर गरीबको भोको पेटमाथि खेलवाड गरेको जिकिर गरे ।

उनले भने,‘सरकारले आलु प्याज लगायतको कृषिजन्य उत्पादनमा १३ प्रतिशत कर लगाएको कारण ९ प्रतिशत मूल्य वृद्धि भएको छ, आम नागरिकले ९ प्रतिशतको मूल्य वृद्धि सामना गर्नुपरेको छ । गरीबको पेटले भोजन मागिरहेको छ । तर सरकारले गरीबको पेटमाथि खेलवाड गरिरहेको छ ।’ सांसद विष्टले आयातमा लगाईएको राजस्वले मात्र आर्थिक वृद्धि सम्भव हुन नसक्ने भन्दै आर्थिक वृद्धि अत्यन्तै हचुवाको भरमा आएको तर्क गरे ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार १४:०८