१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

प्रहरी प्रमुखको निवाससँगै जोडिएको घरमा एकल महिलाको विभत्स हत्या

२ कात्तिक, सप्तरी । सप्तरीमा शुक्रबार एकजना एकल महिलाको हत्या भएको छ । राजविराज नगरपालिका–६ स्थित जिल्ला प्रहरी कार्यालय प्रमुखको निवाससँग जोडिएको घरमा एक्लै बस्दै आएकी ५० वर्षीया आशा देवको हत्या भएको प्रहरीले जनाएको छ ।

मृतकको टाउकोमा इँटा प्रहार गरी हत्या गरेको अनुमान प्रहरीको छ । रक्ताम्य अवस्थामा आज बिहान उनको शव फेला परेको हो । मृतकको टाउको र दायाँ आँखामा गम्भीर चोट लागेको छ । प्रहरीका अनुसार टाउकोमा छ इन्च लम्बाइ र चार इन्च चौडाइको गहिरो खत रहेको छ । रगत लागेको इँटा प्रहरीले बरामद गरेको छ । शव परीक्षणका लागि राजविराजस्थित अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७५, शुक्रबार १६:४४