चितवनको जलविरेमा यात्रुबाहक बस दुर्घटना, ३ को मृत्यु, १० को अवस्था गम्भीर
२ कात्तिका, चितवन । काँकडभिट्टाबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस जलविरेमा दुर्घटनामा परेको छ । बस दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएको छ भने २१ जना घाइते भएका छन । प्रहरीका अनुसार घाइते मध्ये १० जनाको अवस्था गम्भीर रहेको छ ।

काँकडभिट्टाबाट पोखराका लागि छुटेको ना ५ ख ४३ ८३ नम्बरको बस बिहीबार राति इच्छाकामना गाउँपालिका ६ जलविरेमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि ज्यान गुमाएका तीनै जनाको परिचय खुलेको छैन । २१ जनालाई उपचारको लागि भरतपुर अस्पताल लगिएको छ ।
प्रकाशित मिति : २ कार्तिक २०७५, शुक्रबार ०७:३४












