सवारी दुर्घटनामा परी सात जनाको मृत्यु
१ कात्तिक, काठमाडाैँ । काठमाडौं, चितवन, तनहुँ, सप्तरी, रौतहट, सिराहा र धनुषामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । काठमाडौं महानगरपालिका(१५ ठुलोभर्याङमा बा।२६ प ३७०७ नम्बरको मोटरसाइकलले बिहीबार ठक्कर दिंदा गम्भीर घाइते भएका पैदलयात्री काठमाडौं स्वयम्भू सानोभर्याङ बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका(७ का ५५ वर्षीय वीरबहादुर तामाङको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन राप्ती नगरपालिका(६ पम्फापुलस्थित पूर्व(पश्चिम राजमार्गमा भारतीय नम्बरको गाडीले बा।३५ प ५९०२ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिंदा भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक २६ वर्षीय निरजुल दिवान फकिरको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । उक्त गाडी प्रहरीको नियन्त्रणमा छ भने हाल फरार रहेका चालकको खोजी भइरहेको छ ।

तनहुँ आबुखैरेनी गाउँपालिका(३ मिलनचोकस्थित पृथ्वी राजमार्गमा ना।५ ख ३८१४ नम्बरको बस र बा।३५ प ४०७८ नम्बरको मोटरसाइकल बुधबार एकआपसमा ठक्कर खाँदा भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक तनहुँ भानु नगरपालिका(४ का भरतराज बास्तोलाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । उक्त बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरी शम्भुनाथ नगरपालिका(१ स्थित पुर्व(पश्चिम राजमार्गमा बा।४ ख ४१८२ नम्बरको गाडीले बुधबार ठक्कर दिँदा गम्भीर घाइते भएकी डाक्नेश्वरी नगरपालिका(९ बस्ने ३५ वर्षीया बुधनीदेवी मण्डलको सगरमाथा अञ्चल अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको छ । ठक्कर दिने सवारी साधन प्रहरीको नियन्त्रणमा छ भने हाल फरार चालकको खोजी भइरहेको छ ।
रौतहट बिजयपुर फतुवा नगरपालिका(१ स्थित सडकमा भारतीय द्यच्ण्छःठडठद्ध नम्बरको मोटरसाइकलले बुधबार ठक्कर दिँदा गम्भीर घाइते भएका साइकलयात्री सोही ठाउँ बस्ने १९ वर्षीय मिथिलेश दासको उपचारको लागि जिल्ला अस्पताल गौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । मोटरसाइकल चालक रौतहट मौलापुर नगरपालिका(१ मर्यादपुर बस्ने ५० वर्षीय रामईश्वर पाण्डे समेत घाइते भएकोले स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
सिराहा गोलबजार नगरपालिका(७ पुरानो चोहर्वामा को।१ च ९१४१ नम्बरको गाडीले ज।१० प ६८०६ नम्बरको मोटरसाइकललाई बिहीबार ठक्कर दिंदा गम्भीर घाइते भएका मोटरसाइकल चालक अर्नामा गाउँपालिका(१ महनौर बस्ने १७ वर्षीय लालु कामतीको उपचारको लागि राउ स्मारक अस्पताल लाहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य २ जनामध्ये १ जनाको सगरमाथा अस्पताल चोहर्वामा उपचार भइरहेको छ भने २१ वर्षीय रामबाबु कामतीलाई थप उपचारको लागि धरान पठाइएको छ । गाडी र चालकलाई प्रहारीले नियन्त्रणमा लिएको छ ।
धनुषा जनकपुर उपमहानगरपालिका(१४ स्थित जनकपुर(ढल्केबर सडक खण्डमा ज।११ प ६१९८ नम्बरको मोटरसाइकलले ज।४ प ७९५२ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिंदा भएको दुर्घटनामा गम्भीर घाइते भएका ज।४ प ७९५२ नम्बरको मोटरसाइकलका चालक लक्ष्मीनिया गाउँपालिका(७ बस्ने ४५ वर्षीय प्रमोद राउतको न्युरो अस्पताल बिराटनगरमा थप उपचारको क्रममा बिहीबार मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ज।११ प ६१९८ मोटरसाइकलका चालकलाई उपचारको लागि अंचल अस्पताल जनकपुर लगिएको छ । दुबै मोटरसाइकल प्रहरीको नियन्त्रणमा छन् । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्दार कार्य एवं आवश्यक अनुसन्धान गरिरहेको छ । प्रहरी समाचार बुलेटिनबाट ।
प्रकाशित मिति : १ कार्तिक २०७५, बिहीबार २२:०७












