३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

क्रिकेटका ११ विश्व स्टारमा नेपाली टोलीका कप्तान पारस खड्का

२९ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले समूह चरणका ११ स्टार खेलाडीको नाम सार्वजनिक गरेको छ । उत्कृष्ट प्रदर्शन गर्ने ११ क्रिकेटरमा नेपाली कप्तान पारस खड्का पनि अटाएका छन् ।जिम्बाब्बेमा लगातार तीन खेल हारेको नेपालले समूह चरणको अन्तिम खेलमा हङकङलाई ५ विकेटले हरायो ।

पारसले भने १८९ रन बनाए, जसमा दुई अर्धशतक पनि छ । उनले जिम्बाब्बेविरुद्ध ४०, स्कटल्याण्डविरुद्ध ७५ र अफगानिस्तानविरुद्ध ७५ रन बनाएका थिए । हङकङविरुद्ध भने उनले मात्र ११ रन बनाए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७४, मंगलवार १७:०५