८ पुष २०८२, मंगलवार | Wed Dec 24 2025

उच्च अंकले बढेको बजारमा मंगलबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

९ जेठ, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार उच्च अंकले बढेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५१.३१ अकंले बढेर १९४२.६३ बिन्दुमा बन्द भएको छ ।

सेयर बजार बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज २७१ कम्पनीको ६० लाख ६७ हजार ४३२ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब २० करोड २३ हजार ९४५ रुपैयाँको कारोबार भएको छ ।

आज शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे १० करोड माथिको कारोबार भएको छ । त्यस्तै, नेपाल टेलिकमको ८ करोड ९९ लाख, एनआइसी एशिया बैंकको ७ करोड २३ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ७ करोड १९ लाख र हिमालयन डिष्टिलरीको ६ करोड ७९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १५:२८