८ पुष २०८२, मंगलवार | Wed Dec 24 2025

सेयर बजारमा उछाल, चार कम्पनीको सेयर मूल्यमा सर्किट

९ जेठ, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार उच्च अंकले बढेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५१.३१ अकंले बढेर १९४२.६३ बिन्दुमा बन्द भएको छ ।

सेयर बजार बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज २७१ कम्पनीको ६० लाख ६७ हजार ४३२ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब २० करोड २३ हजार ९४५ रुपैयाँको कारोबार भएको छ ।  आज कारोबार भएका २१९ कम्पनीको सेयरमूल्य बढेको छ । २ कम्पनीको सेयर मूल्य घटेको छ भने एक कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

आज चार कम्पनीको सेयरमा सर्किट लागेको छ । आज कालिका लघुवित्त, खप्तड लघुवित्त, आत्मनिर्भर लघुवित्त, सामुदायिक लघुवित्तको सेयर मूल्यमा सर्किट लागेको छ ।

यस दिन सनराइज फरस्र्ट म्युचुअल फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । आजशिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन  १० करोड माथिको कारोबार भएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १५:२०