यी हुन् आज सर्वाधिक काराेबार हुने कम्पनी
७ जेठ, काठमाडौं । साताको पहिलो काराेबारकाे दिन आइतबार सेयर बजारमा झिनो अंकको बढोत्तरी भएको छ । आज नेप्से ५.८८ अंकले बढेर एक हजार ८ सय ८३ दशमलब २० विन्दुमा बन्द भएको हो ।
नेप्से सूचक बढेसँगै आज कारोबार रकम समेत बढेर एक अर्ब ५९ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । यस दिन शिवम् सिमेन्ट्सको सर्वाधिक काारेबार भएकाे छ । कम्पनीकाे यस दिन ६ करोड १४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको ५ करोड २८ लाख, तारागाउँ रिजेन्सी होटलको ४ करोड, नागरिक लगानी कोषको ३ करोड ७० लाख र नेपाल टेलिकमको ३ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आईतवार १५:१२












