८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

नेप्सेमा थप चार कम्पनीको बाेनस सेयर सूचिकृत, हेर्नुहाेस् कुनकाे कति ?

७ जेठ, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज थप चार कम्पनीकाे बाृनस सेयर सूचिकृत भएकाे छ । नेप्सेमा  आज एनएलजी इन्स्योरेन्स, लक्ष्मी लघुवित्त, इन्फिनिटी लघुवित्त र सबैको लघुवित्तको ३२ लाख १७ हजार ७२१.५६ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

१) लक्ष्मी लघुवित्त वित्तिय संस्था

नेप्सेमा लक्ष्मी लघुवित्त वित्तिय संस्थाको १५ प्रतिशत बोनस बापतको ८ लाख ७६ हजार ८१ कित्ता बोनस सेयर भएको हो ।

२) एनएलजी इन्स्योरेन्स कम्पनी

नेप्सेमा एनएलजी इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनस बापतको १३ लाख २६ हजार ६१४.३६ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

३) सबैको लघुवित्त वित्तिय संस्था

नेप्सेमा सबैको लघुवित्त वित्तिय संस्थाको १८ प्रतिशत बोनस बापतको ४ लाख ८६ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

४) इन्फिनिटी लघुवित्त वित्तिय संस्था

नेप्सेमा इन्फिनिटी लघुवित्त वित्तिय संस्थाको २० प्रतिशत बोनस बापतको ८ लाख २९ हजार कित्ता बोनस सेयर आज सूचीकृत भएको हो ।सूचीकृतपश्चात् यी सबै कम्पनीकाे सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आईतवार १२:०१