२४ चैत्र २०८२, मंगलवार | Wed Apr 8 2026

कहिलेसम्म कायम सेयरधनीले भर्न पाउँछन् हिमाल दोलखा हाइड्रोपावर हकप्रद सेयर ?

५ जेठ, काठमाडाैं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ २२ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर जारी गर्ने भएको छ।

कम्पनीले चुक्तापुँजी १ अर्ब ६० करोड रुपैयाँको ७५ प्रतिशत अर्थात १ः०.७५ को अनुपातमा हकप्रद जारी गर्न लागेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गर्नेछ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले वैशाख २७ गते बुकक्लोज गरेको थियो। यस अनुसार वैशाख २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरमा असार १० गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको हकप्रद सेयरको निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल रहेको छ । कम्पनीको हकप्रदमा लक्ष्मी क्यापिटल, लक्ष्मी बैंकको इलाम शाखा र कम्पनीको कालोपुलमा रहेको कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत् आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार ११:५८