लमजुङबाट काठमाडाैँ अाउँदै गरेको यात्रुबाहक बस त्रिशुलीमा खस्यो
२९ असोज, चितवन । चितवनको फिस्लिङमा बस दुर्घटना भएको छ । लमजुङबाट काठमाडाैँ जाँदै गरेको ना ५ ख ३५०७ नम्वरको बस फिस्लिङबाट त्रिशुली नदी किनारमा खसेको छ । काठमाडाैँबाट अाज यात्रुलिएर फर्किन हतारगरेर हिडेको बस तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बसमा जम्मा ४ जना यात्रु सवार रहेका थिए । जस मध्ये तीन जना घाइते भएका छन् । एक जना हराएको छन । दुर्घटना राती सवा १२ बजेतिर भएको हो भने बसको एक छेउ पानीमा डुवेको प्रहरीलार्इ उधृत गर्दै चितवनबाट पत्रकार सुवास पण्डितले बताएका छन ।
प्रकाशित मिति : २९ आश्विन २०७५, सोमबार ०६:३४












