१ मंसिर २०८१, शनिबार | Sat Nov 16 2024

काठमाडाैँमै फल्न थाल्यो मार्सी धान, दुर्इ किलो बिउबाट दुर्इ क्वीन्टल उत्पादन (भिडियोसहित)

१ कात्तिक, काठमाडाैँ । विवादित व्यक्ति दुर्गा प्रसार्इको घरमा नेकपाका अध्यक्षद्धय केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्डले खाना खाएपछि चर्चित र महंगो बनेको मार्सी धान काठमाडाैँ मै फल्न थालेको छ ।

नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहेका पूर्वमन्त्री लोकेन्द्र विष्टसँग बिउ किनेर लगाएको धानले राम्रो उत्पादन दिएको नेकपा नुवाकोटका नेता जगत लामा बताउँछन । मतातीर्थमा दुर्इ रोपनी जग्गा भाडामा लिएर धान रोपेको र यसको उत्पादन राम्रो देखिएको उनले बताए । २ किलो धानको बिउबाट २ क्वीन्टल धान फलेको लामाले बताए ।

धानकाे मूल्य किलोको ७ सय रूपैयाँसम्म रहेको उनले बताए । उनले यो मार्सी चिनियाँ भएकाले विष्टले नै खरिद गरेर बिक्री गर्ने पनि बताए ।  लामाले नुवाकोटमा पनि यही मार्सीको धान रोप्दै अाएका छन । राजनीति र समाजसेवालर्इ सँगै अघि बढाउँदै अाएका लामा नुवाकोटको बेलकोटगढी नगरपालिकाको मेयरमा झिनो मतान्तरमा पराजित भएका थिए ।

हेर्नुहोस भिडियो

प्रकाशित मिति : १ कार्तिक २०७५, बिहीबार २१:२९