५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

सुनकाे मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ काराेबार ?

२९ वैशाख, काठमाडाैं । अन्तिम काराेबारकाे दिन शुक्रबार सुनको मूल्यमा भारी अंककाे गिरावट आएकाे छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार सुनको मूल्य ८०० रुपैयाँले घटेर छापावाल सुन प्रतिताेला १ लाख १० हजार ८०० रुपैयाँ र तेजावी सुन १ लाख ११ हजार ६०० रुपैयाँ कायम भएको हो ।

अघिल्लाे काराेबारकाे दिन बिहीबार छापावाल सुन प्रतिताेला १ लाख ११ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतिताेला १ लाख ११ हजार ५० रुपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेर प्रतितोला १ हजार ३७५ कायम भएको महासंघले जनाएकाे छ । बिहीबार चाँदीको मूल्य १ हजार ४३० रुपैयाँमा काराेबार भएकाे थियो ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार ११:२२