८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

रोकिएन सेयर बजारको गिरावट, कारोबार रकम ५७ करोडमा खुम्चियो

२८ वैशाख, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजारमा झिनाे अंककाे गिरावट देखिएकाे छ । आज २५९ कम्पनीको २१ लाख ५ हजार ६५७ कित्ता सेयर किनबेच हुदाँ ५७ करोड ८८ लाख ४१ हजार ५९३ रुपैयाँको कारोबार भएको छ ।

आज कारोबार भएका ६४ कम्पनीको सेयरमूल्य बढेको छ । १३८ कम्पनीको सेयरमूल्य घटेको छ भने १४ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज फरवार्ड माइक्रोफाइनान्स लघुवित्त व्त्तिीय संस्था र बाराही हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । आज नेपाल टेकिमको सर्वाधिक  काराेबार भएकाे छ ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार १५:१९