एचआईडीसीएलको नाफा १ अर्ब १ करोड, प्रतिसेयर आम्दानी कति ?
२८ वैशाख, काठमाडाैं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
तेस्रो त्रैमासमा कम्पनीले १ अर्ब १ करोड रुपैयाँ नाफा कमाएकाे छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.१६ प्रतिशत बढी हो। अघिल्लो वर्षकाे यही अवधिमा कम्पनीले ६९ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएकाे थियो।
कम्पनीले चैत मसान्तसम्ममा जलविद्युत परियोजनामा ८ अर्ब ७२ करोड ऋण प्रवाह गरेको छ। तेस्रो त्रैमासमा मात्रै कम्पनीले १ अर्ब ३१ करोड थप ऋण प्रवाह गरी १ करोड ५७ लाख रुपैयाँ ऋण असुली गरेको छ। त्यसैगरी, चैत मसान्तसम्ममा स्वपूँजी लगानी अन्तर्गत सहायक कम्पनी तथा सार्वजनिक एवम् निजी क्षेत्रबाट प्रबद्र्धित जलविद्युत परियोजनाहरुमा ३ अर्ब १३ करोड स्वपूँजी लगानी गरेको छ।
चुक्तापुँजी २१ अर्ब ७१ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार ९.९३ प्रतिशतले घटेर २ अर्ब ६६ करोड रुपैयाँमा खुम्चिएको छ। गत वर्ष रिजर्भमा २ अर्ब ९५ करोड रुपैयाँ थियो।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ६.२१ रुपैयाँ पुगेको छ। गत वर्षकाे यही अवधिमा प्रतिसेयर आम्दानी ४.९६ रुपैयाँ थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३१.४२ गुणा रहेको छ।
प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार १०:२९












