२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

टोपबहादुर टाप कसेपछि एमाले सचिवबाट निलम्बित

२७ वैशाख, काठमाडौँ । नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझी पार्टी नेतृत्वसँगको सहमति बिपरित भागेको भन्दै निलम्बन गरेको छ । महासचिव शंकर पोखरेलले केहीबेरअघि विज्ञप्ति जारी गरेर रायमाझीलाई निलम्बन गरेको जानकारी दिएका छन ।

आजै बिहान महानगरिय प्रहरी अपराध अनुन्धान महाशाखाले पूर्व गृहमन्त्री बालकृष्ण खाँडलाई पक्राउ गरेपछि दबाबमा परेको एमालेले फरार रहेका सचिवलाई अनुसन्धान पक्रियामा सहयोग पुर्याउन भन्दै निलम्बन गरेको हो । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले रायमाझीको बचाउमा अभिव्यक्ति दिएका थिए ।

एमालेले पार्टी नेतृत्वसँगको कुराकानीमा रायमाझीले आफूले प्रहरी समक्ष आत्मसमर्पण गर्ने जनाएको उल्लेख गरेको छ । यद्यपी रायमाछी प्रहरीलाई छक्काएर भागेका छन ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार १४:३६