२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

२६ वैशाख, काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेकाे छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले मंगलबार रायमाझीको सातदोबाटोस्थित घरमा छापा मारेकाे हाे । प्रहरीले पक्राउ पुर्जी जारी गरेपनि उनी हालसम्म फेला पर्न नसकेपछि प्रहरीले खोजी गर्ने क्रममा रायमाझीको घरमा छापा मारेकाे हाे ।

निवासमा खानतलासी गरिएपनि रायमाझी फेला परेनन् । प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि अर्घाखाँची हुँदै भैरहवासम्म आइपुगेका उनी त्यहाँबाट सम्पर्कविहीन बनेका छन् । वैशाख २० गते रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उनका छोरा यसअघि नै पक्राउ परेपनि रायमाझी भने फरार रहँदै आएका छन् । उनिमाथि नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोप लागेकाे छ । सो प्रकरणमा हालसम्म ८ जना पक्राउ परिसकेका छन् भने कांग्रेसका नेता बालकृष्ण खान लगायतका नेता समेत मुछिएका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलवार १५:५०