सेयर बजारमा दाेहाेराे अंककाे गिरावट, कारोबार रकम ६० करोडमा झर्यो
२४ वैशाख, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार सेयर बजारमा गिरावट देखिएकाे छ । आइतबार सेयर बजार दाेहाेराे अंकले घटेकाे हाे ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.१२ अकंले घटेर १८५०.६१ बिन्दुमा बन्द भएको छ । आज २६३ कम्पनीको २० लाख १५ हजार ९५९ कित्ता सेयर किनबेच हुदाँ ६० करोड ८१ लाख ३५ हजार ९४ रुपैयाँको कारोबार भएको छ ।
आज कारोबार भएका २३ कम्पनीको सेयरमूल्य बढेको छ । १८७ कम्पनीको सेयरमूल्य घटेको छ भने ८ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च वृद्धि भएको हाे । आज शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ ।
प्रकाशित मिति : २४ बैशाख २०८०, आईतवार १५:१७












