५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

सुनको मूल्यमा भारी गिरावट, कति पुग्याे ताेलाकाे ?

२४ वैशाख, काठमाडाैं । साताको पहिलो कारोबारकाे दिन आइतबार सुनको मूल्यमा भारी अंकले गिरावट आएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ।

यसअघि अघिल्लो कारोबार दिन वैशाख २१ गते बिहीबार सुन हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । उक्त दिन छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ र तेजावी सुन १ लाख ११ हजार २५० रुपैंयामा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ४४५ रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ। गत बिहीबार तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २४ बैशाख २०८०, आईतवार १०:५९