५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

व्यवसायीका लागि अहिलेको अवस्था एकदमै चुनौतीपूर्ण छः अध्यक्ष ढकाल

२१ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले व्यवसायीका लागि अहिलेको अवस्था एकदमै चुनौतीपूर्ण रहेको बताएका छन् ।

ग्रील तथा स्टिल व्यवसायी महासंघ नेपालको २८औं साधारण सभामा ढकालले व्यवसायीका लागि अहिलको अवस्था चूनौतिपूर्ण रहेको भन्दै त्यसका लागि सरकार र निजि क्षेत्रबीच समन्व हुन जरुरी रहेको बताए ।

निजि क्षेत्रको उद्देश्य नाफा मात्र कमाउने हो यसको कुनै जिम्मेवारी छैन भन्ने सर्वसाधारणको सोच गलत भएको बताएका उनले व्यवसायीले नै ८० प्रतिशत रोजगारी दिएको स्मरण गरे ।

उनले भने ,‘व्यवसायीहरूको अवस्था एकदमै चुनौतीपूर्ण छ । सरकार र निजी क्षेत्रको सहजीकरण कसरी गर्ने र साझेदारीको रुपमा कसरी अगाडि बढाउने भन्ने कुरा छ । निजी क्षेत्रभनेको नाफा मात्र कमाउने मात्र हो यिनीहरूको अरु कुनै जिम्मेवारी छैन भन्ने छ । तर त्यस्तो होइन निजी क्षेत्र भनेको ८० प्रतिशत भन्दा बढी रोजगारी दिने क्षेत्र हो ।’ उनले निजि क्षेत्र र वैदेशिक रोजगारीले देशको अर्थतन्त्रमा सकरात्मक भूमिका खेलेको बताए ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार १४:५८