१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

यही असोज २९ बाट श्रीपेच प्रदर्शनीमा राखिदै, पहिलो अवलोकन प्रधानमन्त्री अोलीले गर्ने

२७ असोज, काठमाडाैँ । यही असोज २९ गतेबाट श्रीपेच प्रदर्शनीमा राख्ने तयारी भएको छ । नारायणहिटी दरबार संग्रहालयभित्र बन्द दराजमा थन्काइएको श्रीपेचको पहिलो अवलोकन प्रधानमन्त्री केपी शर्मा ओलीले असोज २९ गते गर्ने तय भएको छ ।

श्रीपेचलाई बुलेट प्रुफ सिसाभित्र राखेर प्रदर्शनी खुला गर्न लागिएको छ । संग्रहालयको सुर्खेत र रुपन्देही कक्षभित्र श्रीपेच, राजदण्ड, दुईवटा मेस, ढाल तरबार, रानीले लगाउने मुकुट, एउटा झारी, दुईवटा चमरसहितका एक दर्जन सामाग्री बुलेटप्रुफ शोकेसभित्र राखिने तयारी भएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७५, शनिबार ०७:४१