७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

निरन्तर ओरालो लाग्दै सेयर बजार, कारोबार रकम ६२ करोडमा खुम्चियो

२० वैशाख, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन बुधबार पनि सेयर बजारमा गिरावट आएको छ । आज नेप्से ९.१८ अंकले घटेर एक हजार ८ सय ५७ दशमलब २३ विन्दुमा बन्द भएको हो । आज ६२ करोड २ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ५१ कम्पनीको सेयरमूल्य बढेको छ ।

१५६ कम्पनीकोे सेयरमूल्य घटेको छ भने १२ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । आज शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे ३ करोड ५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज एनआइबीएल ग्राथ फण्ड र सनराइज ब्लुचिफ फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार १५:३५