७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

यी हुन् बुधबार सर्वाधिक कारोबार हुने कम्पनी

२० वैशाख, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन बुधबार पनि सेयर बजारमा गिरावट आएको छ । आज नेप्से ९.१८ अंकले घटेर एक हजार ८ सय ५७ दशमलब २३ विन्दुमा बन्द भएको हो । आज ६२ करोड २ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे ३ करोड ५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, हिमालयन डिष्टिलरीको २ करोड ५६ लाख, हिमाल दोलखा हाइड्रोपावरको २ करोड २९ लाख, कुमारी बैंकको १ करोड ६४ लाख र नबिल बैंकको १ करोड ३७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार १५:१२