१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

एकै दिन १८०० ले बढ्यो सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

२० वैशाख, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार  नेपाली बजारमा सुनको मूल्य उच्च अंकले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य एकै दिन १८०० ले बढेर छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँमा काराेबार भएको छ।

गत चैत २२ गते सुनको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेर साे दिन छापावाल सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

हिजो मंगलबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ४२५ रुपैयाँ काराेबार भएको महासंघले जनाएकाे छ। मंगलबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ४०५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार ११:१२