५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुग्ने

१९ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० मा अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुग्ने भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको २०७९/ ८० को राष्ट्रिय लेखा विवरणअनुसार अर्थतन्त्रको आकार झण्डै ५४ खर्ब पुग्ने भएको हो ।

तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०७९/ ८० मा मुलुकको आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशत मात्र कायम हुने अनुमान गरेको छ । सरकारले चालु आर्थिक वर्षका बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको थियो । तर, मंगलबार तथ्यांक कार्यालयले आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो । उपभोक्ता मूल्यमा १ दशमलव ८६ प्रतिशत आर्थिक वृद्धि रहने कार्यालको अनुमान छ ।

कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुखमा सचिव रामप्रसाद थपलियाले आगामी दिनमा अन्तराष्ट्रिय मूल्य मान्यतालाई आत्म साथ गरेर अगाडि वढनु पर्नेमा जोड दिए । उनले भने, ‘नेपाल सरकारलाई उपलव्ध आँकडा अनुसार बजेट तर्जुमा गर्नको लागि र समग्र आर्थिक क्रियाकलालप सञ्चालन गर्न मितव्ययितार खर्चमा पनि बढोत्तरी गर्न आवश्यक छ ।’

यस्तै तथ्यांक कार्यालयका प्रतिवेदनका अनुसार चालु आर्थिक वर्षमा नेपालीको प्रति व्यक्ति आय वार्षिक १ हजार ३ सय ९९ अमेरिकी डलर अर्थात नेपाली रुपैयाँ १ लाख ८२ हजार ६ सय ८३ रुपैयाँ बराबर पुगेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलवार १५:४५