२३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

कतिमा भयाे आत्मनिर्भर लघुवित्तको पहिलाे काराेबार ?

१९ वैशाख, काठमाडाैं  । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार आजबाट दोस्रो बजारमा खुलेको छ। आज स्पेसल प्रि–सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र आत्मनिर्भर लघुवित्तको सेयर किनबेच भएसँगै नियमित समयका लागि कारोबार खुलेको हो।

कम्पनीकाे आज स्पेसल प्रि–सेसनमा प्रतिकित्ता ४०३.८० रुपैयाँमा पहिलाे कारोबार भएको हो।  नेप्सेमा साेमबार आत्मनिर्भर लघुवित्तको ६ लाख २३ हजार ३८० कित्ता सेयर सूचीकृत भएको थियाे।

पहिलो कारोबारका लागि यो लघुवित्तले प्रतिकित्ता न्यूनतम ३७१.८२ रुपैयाँ र अधिकतममा १११५.४६ रुपैयाँ ओपनिङ रेन्ज पाएको थियो। यो लघुवित्तलाई नेप्सेले ‘एएनएलबी’ कारोबार संकेत प्रदान गरेको छ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलवार ११:०७