२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

माई खोला हाइड्रोपावरको आईपीओ बाँडफाँडः १ जनाले पाए ११ कित्ता सेयर, यसरी हेर्नुहाेस् नतिजा

१९ वैशाख, काठमाडाैं । माई खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओ बाँडफाँड भएको छ । कम्पनीले वैशाख ८ गतेदेखि वैशाख १२ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओ आज प्रभु क्यापिटलको काठमाडाैं कमलादीस्थित कार्यालयमा बिहान बाँडफाँड भएको हाे ।

क्यापिटलका अनुसार आईपीओमा कम्पनीको आईपीओमा १३ लाख ६३ हजार २६६ आवेदनबाट १ अर्ब ५१ करोड ६५ लाख ८३ हजार रुपैयाँ बराबरको १ करोड ५१ लाख ६५ हजार ८३० कित्ता शेयरको लागि आवेदन परेको थियो । त्यसमध्ये ८९ हजा ८३० जनाको आवेदन रद्ध भएका छन् ।

आईपीओमा १२ लाख ७५ हजार १०५ आवेदकबाट परेको १ करोड ३७ लाख २० हजार ८२० कित्ता सेयरमात्रै प्रमाणीकरण गरिएको थियो। त्यसमा १२ लाख ६७ हजार २८५ आवेदकबाट परेको १ करोड ३६ लाख ११ हजार ३०० कित्तामात्रै सदर भएको छ भने प्रमाणीकरण गरिएका ७ हजार ८२० आवेदकबाट परेको १ लाख ९ हजार ५२० कित्ता बदर भएको छ।

माग भन्दा बढीको आवेदन परेको कारणले कम्पनीकाे आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट बाँडफाँड गर्दा कुल १ लाख २६ हजार ९ सय ४१ जनाले सेयर पाएका छन् । तिनै भाग्यमानी आवेदनमध्ये १ जनाले थप १ कित्ता सेयर पाएका छन्।

आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । कम्पनीकाे  आईपीओ नतिजा सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट  iporesult.cdsc.com.np/ ,बिक्रि प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login र कम्पनीको बेवसाइट  https://maikholahydropower.com.np/बाट हेर्न सकिनेछ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलवार १०:१९