माई खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय, सेयर पाउने भाग्यमानी कति ?
१८ वैशाख, काठमाडाैं । माई खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओ भोलि बैशाख १९ गते बाँडफाँड हुने भएको छ । कम्पनीले वैशाख ८ गतेदेखि वैशाख १२ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओमंगलबार प्रभु क्यापिटलको कार्यालय काठमाडाैंमा बिहान ९ः३० बजे हुने भएकाे हाे ।
कम्पनीले जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० को ३९ प्रतिशत अर्थात १५ करोड २९ लाख ४१ हजार १०० रुपैयाँ बराबरको रु. १०० अंकित दरको कुल १५ लाख २९ हजार ४११ कित्ता सेयर निष्कासन गरेको थियो। कुल कित्तामध्ये ७६ हजार ४७१ कित्ता सामूहिक लगानी कोषका लागि र ३० हजार ५८८ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको १२ लाख ६९ हजार ४११ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।
अन्तिम दिनसम्म कम्पनीकाे आईपीओमा १३ लाख ३१ हजार २३८ जना आवेदकबाट कुल १ करोड ४८ लाख ७ हजार ७५० कित्ता सेयरका लागि आवेदन परेकाे छ । जुन मागभन्दा ११.६६ गुणा बढी आवेदन हो।
मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी १ लाख २६ हजार ९४१ जनाले मात्र सेयर हात पाउने छन् भने तिनै भाग्यमानी आवेदनमध्ये १ जनाले थप १ कित्ता सेयर पाउनेछन्।
प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार १३:५६













