२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

लगानी गर्ने होइन त ? सर्वसाधारणले १ लाख कित्तासम्म भर्न पाउने आईपीओ निष्काशन हुँदै

१८ वैशाख, काठमाडाैं । मोदी इनर्जी लिमिटेडले भोली वैशाख १९ गतेदेखि सर्वसाधारणहरुका लागि साधारण सेयर(आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले कर्मचारीलाई १ लाख २८ हजार ९ सय १० कित्ता र सामुहिक लगानी कोष योजनाहरुलाई ३ लाख २२ हजार २ सय ८० कित्ता सुरक्षित गरि बाँकी रहेकाे ५९ लाख ९४ हजार ४ सय २० कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो ।

लगानीकर्ताले उक्त आईपीओमा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मकाृ लागि वैशाख २४ गतेसम्म आवेदन दिन सक्ने छन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । कम्पनीले यस अघि अनि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको लागि आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार १२:५५