७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

अर्थमन्त्रीलाई सेयर लगानीकर्ताको ६ बुँदे माग, सेयर कर्जामा कायम १२ करोडको सीमा खारेज गर्न आग्रह

१८ वैशाख, काठमाडाैं । सेयर लगानीकर्ताहरुले अर्थमन्त्री प्रकाशशरण महत समक्ष ६ बुँदे माग पेश गरेका छन् । पुँजीबजार सुधार सम्बन्धमा आज अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटेर नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघले संयुक्त रुपमा ज्ञापनपत्र बुझाउँदै विभिन्न ६ बुँदे माग राखेका हुन्।

लगानीकर्ताहरुले अर्थमन्त्री समक्ष खुला रुपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ती कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

नेपाल राष्ट्र बैंकले धितो कर्जामा कायम रहेको १२ करोड रुपैयाँको सीमा खारेज गर्नुपर्ने र १५० प्रतिशत पुर्याइएको जोखिम भारित औसतलाई पुनः १०० प्रतिशतमा नै कायम गर्नुपर्ने लगानीकर्ताहरुकाे माग छ ।

साथै उनीहरूले बैंककाे ब्याजदरलाई पुनरावलोकन गरी एकल अंकमा कायम गरिदिन र तरलता समस्याको समाधान गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार १२:०७