२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

तपाईंकाे खातामा आयो त दुई कम्पनीकाे २३.१७ प्रतिशत लाभांश ? नआए यसाे गर्नुहाेस्

१८ वैशाख, काठमाडाैं । विभिन्न दुई कम्पनीले सेयरधनीकाे खातामा लाभांश जम्मा गरेका छन् । एनआइसी एशिया लघुवित्त र तारागाउँ रिजेन्सी होटल्सले आफ्ना सेयरधनीहरुको सम्बन्धित खातामा नगद लाभांश जम्मा गरेका हुन् ।

१) एनआइसी एशिया लघुवित्त

एनआइसी एशिया लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश सम्बन्धीत सेयरधनीहरुको खातामा जम्मा गर्न सुरु गरेको छ । लघुवित्तको वैशाख १० गते सम्पन्न पाँचौ वार्षिक साधारण सभाबाट पारित भएको १४.७५ प्रतिशत नगद लाभांश सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा पठाउन सुरु गरेको हो।

हालसम्म पनि आफ्नो हितग्राही खातामा बैंकको खाता अद्यावधिक नगराएका सेयरधनीहरुले बैंक खाता हितग्राही खातामा अद्यावधिक गराएपछि मात्रै उक्त लाभांश प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

२) तारागाउँ रिजेन्सी होटल्स

तारागाउँ रिजेन्सी होटल्सले आफ्ना सेयरधनीहरुको खातामा लाभांश वितरण सुरु गरेको छ । कम्पनीको  चैत ३ गते सम्पन्न २६ औं वार्षिक साधारण सभाले पारित गरेको ८.४२ प्रतिशत नगद लाभांश सेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा पठाउन सुरु गरेको हो ।

२०७९ माघ १७ गतेसम्म हितग्राही खातामा बैंक वित्तिय संस्थाको खाता नं. अध्यावधिक भएको सेयरधनीहरुको हकमा उक्त लाभांश रकम बैंक खातामा जम्मा गरिसकेकोले आफ्नो बैंक खातामा लाभांश रकम जम्मा भए नभएको यकिन गर्न अनुरोध गरेको छ ।

हालसम्म पनि आफ्नो हितग्राही खातामा बैंकको खाता अद्यावधिक नगराएका सेयरधनीहरुले बैंक खाता हितग्राही खातामा अद्यावधिक गराएपछि मात्रै उक्त लाभांश प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार ११:३१