२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

सरकार र महावीर पुनबीचको वार्ता सकारात्मक

१७ वैशाख, काठमाडौं । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीचको वार्ता सकारात्मक भएको छ । विगत तीन दिनदेखि आन्दोलनमा रहेका पुन र उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कानून, न्याय तथा संसीय मामिला मन्त्री पूर्णबहादुर खड्का नेतृत्वको सरकारी वार्ता टोलीबीच रक्षा मन्त्रालयमा भएको वार्ता सकारात्मक भएको हो ।

वार्ता पछि आविष्कार केन्द्रका संस्थापक पुनले वार्ता सकारात्मक भएको र चाँडै निष्कर्षमा पुग्ने विश्वास आफुलाई लागेको पनि पुनले बताए । उनले भने ‘वार्ता सकारात्मक छ , वार्ताप्रति सरकार गम्भीर देखियो, प्रधानमन्त्रीको चासो पनि राम्रो पाए,चाँडै वार्ता टुंगिने आशा बढेको छ , भोलि कागजमा कस्तो हुन्छ हेर्नुपर्छ ।’

दुवै पक्षबीच वार्तालाई थप अघि बढाउने सहमति पनि भएको छ । पुनसंगको वार्तामा सरकारकोतर्फबाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री खड्कासहित मुख्य सचिव शंकरदास वैरागीलगायत सहभागी थिए पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा अनिश्चितकालीन धर्नामा छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आईतवार १४:५७