नेप्सेमा दुई कम्पनीकाे आईपीओ सूचीकृत, कुनकाे ओपनिङ्ग रेन्ज कति ?
१७ वैशाख, काठमाडाैं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको सेयर नेप्सेमा सूचीकृत भएको छ । दुबै लघुवित्तको सर्वसाधारणलाई निष्काशन गरेको सेयर र संस्थापकहरुले लगानी गरेको शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा आत्मनिर्भर लघुवित्तको ६ लाख २३ हजार ३८० कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीको पहिलो कारोबारका लागि ३७१ रुपैंया ८२ पैसा देखि अधिकतम १ हजार ११५ रुपैंया ४६ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । कम्पनीको स्टक सिम्बोल एएनएलबि’ रहेको छ ।
त्यस्तै, बिपीडब्लु लघुवित्तको ३ लाख कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीको पहिलो कारोबारका लागि ८६ रुपैंया ७८ पैसा देखि अधिकतम २६० रुपैंया ३४ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । कम्पनीको स्टक सिम्बोल बिपिडब्लु’ रहेको छ ।
कम्पनीले सर्वसाधारणको लागि वितरण गरेको ९७ हजार कित्ता र संस्थापकहरूले लगानी गरेको २ लाख ३ हजार कित्ता गरेर कुल ३ लाख कित्ता साधारण सेयर सूचीकृत गराएको हो । सूचिकृत पश्चात दुवै कम्पनीको सेयर मंगलबारबाट धितोपत्र दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।
प्रकाशित मिति : १७ बैशाख २०८०, आईतवार १४:०७












