नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स रोक्न सांसद गौतमको माग
१५ वैशाख, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोभिता गौतमले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स रोक्न लागि आग्रह गरेकी छिन् ।
शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा उनले सरकारी स्वामित्वमा रहेको नेपाल स्टक एक्सचेन्जलाई नयाँ स्टक एक्सचेन्जमा डाईबर्ट गर्दा संस्था कमजोर हुने भन्दै यसलाई रोक्न आग्रह गरेकी हुन् ।
उनले भनिन् ‘सरकारी स्वामित्वमा रहेको नेपाल स्टक एक्सचेन्ज जसले सरकारलाई प्रति वर्ष लगभग एक अर्ब रुपैयाँ लाभांशले योगदान गरिरहेको थियो । यस्तो संथालाई कमजोर बनाई यसबाट भइरहेको विजनेस नयाँ स्टक एक्सचेन्जमा डाईबर्ट गरि नेपालको पुँजी बजार निश्चित समूहको कब्जामा हुने गरी जुन नयाँ स्टक एक्सचेन्जलाई लाईसेन्स दिने तयारी गरिरहेको छ यो अबिलम्ब रुपमा रोकिनु पर्छ ।’
प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार १५:३६












