६ पुष २०८२, आईतवार | Mon Dec 22 2025

नेप्सेमा थप २ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

१४ वैशाख, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहिबार थप २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।नेप्सेमा आज अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र गरिमा विकास बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।

१) अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी

नेप्सेमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ८ प्रतिशत बोनस बापतको १३ लाख ८३ हजार ६ सय ७६ कित्ता सेयर सूचीकृत भएको हो ।

२) गरिमा विकास बैंक

नेप्सेमा गरिमा विकास बैंक लिमिटेडको १३ प्रतिशत बोनस बापतको ५९ लाख ६८ हजार १ सय ३५ दशमलब ५५ कित्ता सेयर सूचीकृत भएको हो ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार १६:१०