सेयर बजारमा झिनाे अंककाे गिरावट, कारोबार रकम ७३ करोडमा खुम्चियो
१४ वैशाख, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजारमा झिनाे अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.२७ अकंले घटेर १८८९.७३ बिन्दुमा बन्द भएको छ । आज ६९ कम्पनीको २१ लाख ७४ हजार ९१४ कित्ता सेयर किनबेच हुदाँ ७३ करोड ९६ लाख ५० हजार २४७ रुपैयाँको कारोबार भएको छ ।
आज कारोबार भएका ६५ कम्पनीको सेयरमूल्य बढेको छ । १३९ कम्पनीकोे सेयरमूल्य घटेको छ भने १५ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । आज सिटिजन्स म्युचुअल फण्ड २ को सेयरमूल्य र तेह्रथुम पावर कम्पनीको सेयरमूल्य बढेकाे छ । यस दिन एनआईबीएल ग्रोथ फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । आज एभरेष्ट बैंकको सर्वाधिक कारोबार भएको छ ।
प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार १५:१७












