नेप्सेमा थप चार कम्पनीको बोनस सेयर सूचिकृत, हेर्नुहाेस् कुनकाे कति ?
१४ वैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज थप चार कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा नेपाल पुनर्बीमा कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त र निर्धन उत्थान लघुवित्तको बोनस सेयर सूचिकृत भएको हाे ।
१) डिप्रोस लघुवित्त
नेप्सेमा डिप्रोस लघुवित्तको १० प्रतिशत बोनस बापतको १३ लाख ८७ हजार ४९८.३३ कित्ता सेयर सूचिकृत भएको हो ।
२) प्रूडेन्सियल इन्स्योरेन्स
नेप्सेमा प्रूडेन्सियल इन्स्योरेन्सको ३.३२५ प्रतिशत बोनस बापतको ३ लाख ९४ हजार ३९२ कित्ता सेयर सूचिकृत भएको हो ।
३) नेपाल पु्नर्बीमा कम्पनी
नेप्सेमा नेपाल पु्नर्बीमा कम्पनीको ५ प्रतिशत दरका कुल ५८ लाख २५ हजार कित्ता सेयर सूचिकृत भएको हो ।
४) निर्धन उत्थान लघुवित्त
नेप्सेमा निर्धन उत्थान लघुवित्तको १९ प्रतिशत दरका कुल ४१ लाख ७० हजार ५४७ कित्ता सेयर सूचिकृत भएको हो ।
सूचीकृतपश्चात् यी चार वटै कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरबजारमा कारोबार गर्न मिल्नेछ ।
प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार ११:५६












