मेन्छियाम हाइड्रोपावरकाे आईपीओ बाँडफाँडः ४ जनाले पाए ११ कित्ता सेयर, यसरी हेर्नुहाेस् नतिजा
१३ वैशाख, काठमाडाैं । मेन्छियाम हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ आज वैशाख १३ गते बुधबार बाँडफाँड सम्पन्न भएकाे छ । वैशाख ४ देखि वैशाख ७ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरिएकाे कम्पनीकाे आईपीओ आज बिहान लैनचौर ब्यान्क्वेटमा बाँडफाँड भएकाे बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले जनाएकाे छ ।
कम्पनीकाे आईपीओमा कुल ११ लाख ७८ हजार ७३९ आवेदकले १ करोड ३७ लाख २० हजार ३० कित्ता सेयरका लागि आवेदन परेको थियो। जसमध्ये ११ लाख ७४ हजार २२८ आवेदन स्वीकृत भएको छ भने ६५ हजार ६४६ आवेदन रद्द भएको छ।
कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । गोलाप्रथाद्वारा बाँडफाँड गर्दा भाग्यमानी ९५ हजार ४११ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । सोमध्ये पनि ४ जनाले थप एक कित्ता अर्थात कुल ११ कित्ताका दरले सेयर पाएका छन् ।
कम्पनीको आइपीओको नतिजा केहि समयपछि प्रकाशन गरेको छ । नतिजा प्रकाशन भएपछि बिक्रि प्रबन्धक एनआईसी क्यापिटलको वेबसाइट https://nicasiacapital.com/, सिडीएससीको मेरोसेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।
प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार ११:१४












