२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

बचत खातामा दिइने ब्याजदरको अन्तर २ प्रतिशत बिन्दुभन्दा बढी फरक नगर्न राष्ट्र बैंककाे निर्देशन

१२ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले बचत खातामा दिने ब्याजदरको अन्तर २ प्रतिशत बिन्दुभन्दा बढी फरक पार्न नपाउने जनाएको छ। राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज एक सूचना जारी गर्दै यस्तो जानकारी दिइएको हो।

नयाँ बचत खाताको विकास गर्दा पुरानो खाताको ब्याजदर अत्यन्तै कम भयो भन्ने आमगुनासोलाई सम्बोधन गर्न विभिन्न प्रकारका बचत खातामा दिइने ब्याजदरको अन्तर २ प्रतिशत बिन्दुभन्दा बढीले फरक पार्न नपाइने केन्द्रीय बैंकले जनाएको छ।

बैंक तथा वित्तीय संस्थाले विविध प्रकारका बचत खाताका विकल्प प्रदान गर्ने गर्दछन्। ‘यी सबै खाताका विशेषता जस्तै– ब्याजदर, न्यूनतम मौज्दात, कार्ड, चेक, मोबाइल र इन्टरनेट बैंकिङजस्ता सुविधा र सर्त फरक–फरक हुन्छन्’, राष्ट्र बैंकले भनेको छ। बचत खाताको ब्याजदर को विषयमा जानकारी लिई मात्र प्रक्रिया थाल्न राष्ट्र बैंकले सुझाएको छ।

प्रकाशित मिति : 14:37